काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशन विवादबारे धारणा तय गर्न नेता शेखर कोइरालाको समूहले आज छलफल गरेको छ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यायलयमा छलफल गरिएको जानकारी दिए।
पार्टीभित्र जारी महाधिवेशन विवादबारे समूहका सदस्यहरूको सुझाव लिन छलफल आयोजना गरिएको उनले बताए। यद्यपि यस विषयमा कुनै निष्कर्षमा पुगिनसकेको सहमहामन्त्री परियारको भनाइ छ।