शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु

आइतवार , पौष २०, २०८२

काठमाडौँ । भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्। अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन।

अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ।

सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले खासगरी प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए। काराकासको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार