शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्ड आज दिल्ली जाँदै

आइतवार , पौष २०, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल आइतबार दिल्ली जाँदैछन् । नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।

दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ । नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार