अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ। मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई जनवरी ४ मध्यराति अमेरिका पुर्याइएको छ।
उनीहरू बोकेको अमेरिकी सैन्य विमान न्युयोर्कको स्टुअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेको थियो। कडा सुरक्षाबीच मादुरो दम्पतीलाई विमानबाट ओरालिएको थियो। मादुरोको हातमा हतकडी लगाइएको थियो।
घटनापछि ट्रम्पले शनिबार फ्लोरिडामा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका छन्।