काठमाडौँ । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
‘६ जनाको मृत्यु भएको छ। पहिचान खुल्न बाँकी छ,’ उनले भने। साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं.को जिप दुर्घटनामा परेको थियो। जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो।