शुक्रवार, आश्विन १६ गते २०८३

आजपनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सोमवार , पौष २१, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

तराईकाा अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

यसै क्रममा सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। महाशाखाका अनुसार सोमबार बिहान ५ : ४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार