शुक्रवार, आश्विन १६ गते २०८३

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

सोमवार , पौष २१, २०८२

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई बयानका लागि पत्र काटेको छ । आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले मेयर शाहलाई बयानका लागि पत्र काटेको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । यस्तै आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई पनि आफ्नो भनाइ राख्न पत्र पठाएको छ ।

त्यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि मेयस बोलनसँग बयान लिएको थियो । मेयर शाहले भदौ २३ र २४ गते सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे आयोगले सोधपुछ गरेको थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार