शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौँ-५ बाट एमाले उम्मेदवारमा ईश्वर पोखरेल मात्र सिफारिस

सोमवार , पौष २१, २०८२

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ। काठमाडौं-५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार