शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधि सभाको चुनावमा कांग्रेस एक्लै जान्छ : कृष्ण सिटौला

सोमवार , पौष २१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जाने बताएका छन्। 

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले राष्ट्रिय सभामा तालमेल गरे पनि प्रतिनिधि सभामा एक्लै जानुपर्ने बताए। ‘प्रतिनिधि सभाको चुनावमा हामी एक्लै जाने हो,’ सिटौलाले भने, ‘अहिलेसम्म एक्लै चुनावमा जानुपर्छ भन्ने छ। पार्टीको बटम लाइन त्यही हो।’

आमनिर्वाचनमा गठबन्धन गर्न नहुने उनको भनाइ थियो। ‘प्रष्ट दृष्टिकोण र विचार सहित चुनावमा जानुपर्छ,’ सिटौलाले भने, ‘अहिलेसम्म प्रतिनिधि सभाको चुनावमा एक्लै जाने भन्नेछ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार