काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी रहेको बैठक आसन्न राष्ट्रिय सभा निर्वाचनको एजेन्डामा केन्द्रित छ । बैठकले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि चुनावी तालमेल र उम्मेदवार चयनको विषयमा निर्णय गर्ने जनाइएको छ ।
राष्ट्रिय सभाका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।