शुक्रवार, आश्विन १६ गते २०८३

वीरगञ्जमा कर्फ्यु लम्बियो

मंगलवार , पौष २२, २०८२

काठमाडौँ । वीरगञ्जमा जारी कर्फ्यु मंगलबार दिउँसो सम्म थपिएको छ । सोमबार साँझबाट लगाइएको कर्फ्यु मंगलबार दिउँसो १ बजेसम्म थपिएको हो । गत आइतबार देखि धार्मिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै कर्फ्यु लम्ब्यिाइएको जानकारी दिए । वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रशासनले कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार