काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ११ हजार ८ सय ९८ जनामा गरिएको कोरोना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टी भएको हो ।
सोही अवधीमा १३ सय ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो केही दिन यता कोरोनामुक्त हुने भन्दा संक्रमित हुनेको संख्या बद्दै गइरहेको छ ।
बुधबा१६ सय ४६ जनाले संक्रमित हुनेको संख्या बढी छ । त्यस्तै,कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।
त्यस्तै काठमाडौंमा ३ सय ९० ललितपुरमा ८६ र भक्तपुरमा ६७ गरी कूल उपत्यकामा पाँच सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।