शुक्रवार, आश्विन १६ गते २०८३

सिनामंगलस्थित गैरीगाउँको एक काठ गोदाममा भीषण आगलागी

मंगलवार , पौष २२, २०८२

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित गैरीगाउँको एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

मंगलबार दिउँसोबाट सुरु भएको आगलागी नियन्त्रणका लागि अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा खटिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ पठाइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरबाट सल्किएको आगो छेउमै रहेको काठ र फर्निचरको गोदाममा फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

अहिले नेपाल प्रहरी, नगर प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार