शुक्रवार, आश्विन १६ गते २०८३

वनस्थलीमा रास्वपाको सचिवालय बैठक जारी

मंगलवार , पौष २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको छ । बैठकमा कोषाध्यक्ष लिमा अधिकारी र सचिवालय सदस्य सोविता गौतम अनुपस्थित भएका छन् ।

सचिवालय सदस्य बसुमाया तामाङले बैठकमा आउनेबारे जानकारी दिएपनि मंगलबारको बैठकमा अनुपस्थित भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । झाका अनुसार अधिकारी नेपाल बाहिर र गौतम कार्यक्रमका लागि झापा रहेकाले अनुपस्थित रहेका छन् । रास्वपाको सचिवालयमा पदाधिकारी सहित १२ जना सदस्य रहेका छन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुनेछ । यस्तै निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार