शुक्रवार, आश्विन १६ गते २०८३

हर्क साम्पाङले गरे सुनसरी–१ बाटै चुनाव लड्ने घोषणा

बुधवार , पौष २३, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’ उनी श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छन् । अहिले देशका विभिन्न ठाउँमा पुगेर संगठन विस्तार गरिरहेका छन् ।

Screenshot 2026-01-07 134437.png

गत २०७९ सालको निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचन भएका थिए । अहिले राईले जसपा नेपाललाई विभाजित गरेर जसपा बनाएका छन् । गत निर्वाचनमा राईले १७ हजार ५९ मत पाएका थिए । दोस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन् ।

नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ्ग सुब्बा तेस्रो नम्बरमा थिए । उनले १३ हजार ८७ मत पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार