शुक्रवार, आश्विन १६ गते २०८३

देश जलाउनेहरू देशद्रोही हुन्, जेनजी होइनन् : केपी ओली

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गर्नेहरू देशद्रोही भएको आरोप लगाएका छन् ।

बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगजनी गर्नेलाई देशद्रोही भनेका हुन् । ओलीले भने, ‘भदौ २४ को घटना तत्कालनी घटनाक्रमको उपज होइन, आठदश वर्षदेखिको तयारी हो, देश जलाउनेहरू देशद्रोही हुन, अपराधि हुन्, आन्दोलनकारी होइन। मैले जेनजीलाई भनेको होइन । उनीहरूले जलाएका होइनन् ।’

जेनजी आन्दोलनमा घुसपैठ गरेर आगजनी तोडफोड गरिएको ओलीको भनाइ थियो । उनले भने, ‘आत्मामा किनिएका, आत्मा बेचिएका तत्वले देश जलाएका छन् ।’ उनले त्यो दिन खोजीखोजी आगजनी गरिएकोले ति साधारण मानिस नभएको बताएका छन् । ओलीले भने, ‘खोजी खोजी त्यो ठाउँ जलाएको छ, जहाँ खास मान्छेका फाइल थिए । ट्रेन्ड मान्छे गएको छ ।’

त्यो घटना बिर्सन नसकिने उनको भनाइ थियो । अब त्यसबाट अघि बढेर देश बनाउनुपर्ने उनले बताए । त्यसको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार