काठमाडौं । कोसी प्रदेशबाट नेपाली कांग्रेसको राष्ट्रियसभा उम्मेदवार बनेका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ । अहिले नै निर्वाचित भनेर घोषणा नभएपनि एकल उम्मेदवारी परेकोले निर्विरोध नै निर्वाचित भएको स्रतको भनाइ रहेको छ ।
थापा केहीअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । उनले राष्ट्रिय सभाको उम्मेदवार बन्न राजीनामा दिएका थिए । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन् ।
कांग्रेसले ९ सिट, एमालेले ८ सिट लिएका छन् । त्यस्तै एक सिटमा महन्थ ठाकुरलाई दुवै दलले सर्मथन गरेको बताएका छन् ।