शुक्रवार, आश्विन १६ गते २०८३

रवि–बालेनलाई इंगित गर्दै ओलीले भने– अब आउने २० वर्षसम्म तिनले चुनाव जित्नेवाला छैनन्

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि–बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमालेले नै जित्ने जिकिर गरे । एमाले र नेपाली कांग्रेसले जित्ने देखिएमा चुनाव नराउने चर्चा भइरहेको जिकिर गरे । अध्यक्ष ओलीले रवि(बालेनलाई इंगित गर्दै भने, ‘म सुन्छु, एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे, १ फलानाले जित्ने भने मात्रै गराउने अरे १ ती फलाना फलानाले आउने २० वर्ष चुनाव जित्ने वाला छैन् ।

उनले थपे, ‘अब के गर्ने, चुनाव नगराउने ? अब २० वर्ष तिनले चुनाव जित्नेवाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो ।’ उनले अझै चुनाव वातावरण नबनेको जिकिर गरेका छन् । चुनावको वातावरण भएमा एमाले सहभागी हुने उनको भनाइ थियो । ओलीले भने, ‘यदि चुनाव भयो भने सहभागी हुन्छौँ र जित्छौँ ।’

सेना परिचालन गरेर मात्रै शान्तिपूर्ण चुनाव नहुने उनको जिकिर थियो । उनले मतदान गर्न जाँदा बाटोमै रोक्न सक्ने अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्था सेनाले केही गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार