शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशबाट ४४ जनाको उम्मेदवारी

बुधवार , पौष २३, २०८२

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार, सातै प्रदेशबाट विभिन्न दलका गरी ४४ जनाले मनोनयन दर्ता गराएका छन्। 

कोसी प्रदेशबाट ५, मधेसबाट ११, बागमतीबाट ६ र गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, लुम्बिनीबाट ८, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ४ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। 

आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ। त्यसपछि पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्नेछ। त्यही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ। 

त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ। त्यही साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पुस २८ गते चुनाव चिह्न प्रदान गरिने भएको छ। माघ ११ गते मतदान हुनेछ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार