शुक्रवार, आश्विन १६ गते २०८३

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्नेछन् । यस्तै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्नेछन् ।

यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुका साथै सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ।

यस्ते उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ घटीमा पाँच फिट र तौल ५० केजी तथा महिलाको हकमा घटिमा चार फिट र तौल ४२ केजी तोकिएको छ। साथै महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने शर्त राखिएको छ।

पुरुषका हकमा कम्तीमा ५ फिट इञ्च उचाइ र महिलाका हकमा ४ फिट १० इ१च उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान भएको छ । आवेदकहरुबाट माघ ९ गतेभित्र छनौट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

निर्वाचन प्रहरीको नियुक्ति अवधि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन रु. ८६९.४० का दरले चालिस दिनसम्मका लागि ३४ हजार सात सय ७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ।

साथै खाना खर्च, पोशाक भत्ता, तालिम खर्च र यातायात खर्चसमेत उपलब्ध गराइनेछ। सबै भुक्तानी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत गरिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार