शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको आकस्मिक बैठक

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशनको तयारी भइरहँदा कार्यसम्पादन समितिको बैठक राखिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपरान्ह ४ बजे सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको छ । यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो ।

त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो । महामन्त्रीद्वयले पनि वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार