शुक्रवार, आश्विन १६ गते २०८३

महाधिवेशन विवादबीच कांग्रेस संस्थापनले आज केन्द्रीय सदस्यहरूको भेला गर्दै

शुक्रवार , पौष २५, २०८२

काठमाडौँ । नियमित कि विशेष महाधिवेशनको विवाद चलिरहन्दा नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार भेला आयोजना गरेको छ ।

बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेलले छन् । भेलाका लागि संस्थापन पक्षले बिहीबार केन्द्रीय सदस्यलाई सूचना पठाएको थियो ।

‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,’ पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।

बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।

भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसका लागि आयोजना गरिएको विशेष महाधिवेशन पछि पार्टी भित्र विवाद चुलिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार