शुक्रवार, आश्विन १६ गते २०८३

एनआरएनए अमेरिकाले भन्यो : खेलकुदमन्त्री बब्लु गुप्तालाई हामीले बोलाएका छैनौँ

शुक्रवार , पौष २५, २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका  (एनआरएनए एनसीसी यूएसए) ले आफ्नो नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यसमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। 

यस क्रममा ‘एनआरएनए एनसीसी यूएसए’ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको जानकारी पनि दिएको छ। 

बिहीबार जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार