काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शनिबार (पुस २६) बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको हो।
बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुन एमालेले निर्देशन दिएको छ। एघारौँ महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो। यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो।