काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले आयोजना गर्न लागेको विशेष महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डप सजाइँदै छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेर आगामी वैशाख अन्तिम साता गर्ने निर्णय बहुमतबाट गरेको थियो । त्यसमा महामन्त्रीद्वय थापा र शर्मालगायतका नेताले फरकमत राखेका थिए । नियमित महाधिवेशन सारिएपछि थापा–शर्मा पक्षले विशेष महाधिवेशन गर्न लागेका हुन् । पुस २७ र २८ गते विशेष महाविधेशन गर्ने तयारी भइरहेको छ ।
यसका लागि भृकुटीमण्डपलाई कांग्रेसको झण्डाले सजाउन थालिएको छ । विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको प्रदर्शनी हल, ठूलो चउर, बगैंचा र मूलगेट छेउको चउर बुकिङ गरिएको छ ।
त्यस्तै, त्यस क्षेत्रमा पनि व्यवस्थापन भइरहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।