शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक जारी

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा पत्र लेखनको काम सुरु गरेको छ ।

निर्वाचन आउन मात्र ५५ दिन बाँकी रहँदा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बसेको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा बसेको मस्यौदा समितिको बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे सुझाव संकलन भइरहेको एक नेताले जानकारी दिएका छन् । बैठक नेकपाको मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ ।

नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको समितिले पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा तयार पारी पार्टीमा बुझाउनेछ । त्यसमा आवश्यक छलफल र संशोधनपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी नेकपाको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार