काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनमा अरू पार्टीका नेतालाई नबोलाइने भएको छ ।
व्यवस्थापन समिति निकट स्रोतले भन्यो, ‘यो नेपाली कांग्रेसको नितान्त आन्तरिक विषय र विशेष महाधिवेशन भएकाले हामी एजेन्डा केन्द्रित मात्र हुनुपर्नेछ । त्यसैले यसमा अन्य दलका नेताहरूलाई सहभागी नगराउने निर्णय गरेका हौँ ।’
भोलिसम्म पार्टीले विशेष महाधिवेशनको स्वामित्व लिने पर्खाइमा रहेको स्रोतले बताएको छ । ‘भोलिसम्म पार्टीले यसलाई आफ्नै कार्यक्रमको रुपमा अपनत्व लिओस् भन्ने हाम्रो चाहना छ, यदि उहाँहरू आउनुभएन भने हामी आफैँ आयोजक बनेर सभापतिलाई प्रमुख अतिथिको निम्तो दिन्छौँ ।’
शक्ति प्रदर्शनको तयारी पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने उद्घाटन सत्रका लागि उपत्यकाका चार प्रमुख स्थानहरू– कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकाल्ने तयारी गरिएको छ । ती जुलुसहरू भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछन् ।