बिहिवार, आश्विन १५ गते २०८३

कुलमानले भने- रास्वपासँग मिलेर जान गाह्रो भयो

शुक्रवार , पौष २५, २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर जान गाह्रो भएको बताएका छन्। 

उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग तीन घण्टा छलफल गरेका थिए। त्यसपछि दिउँसो उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेतासँग बौद्धमा दुई घण्टा छलफल गरेका हुन्। 

आफू निकट र सल्लाह सुझाव लिने गरेका नेताहरूसँगको छलफलमा रास्वपासँग मिलेर जान गाह्रो भएको सुनाएको एक नेताले बताए। ‘एक दुई कुरा मिलेका छैनन्,’ घिसिङको भनाइ उद्धृत गर्दै तीन नेताले भने, ‘रास्वपासँग मिलेर जान गाह्रो भयो।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार