बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसको विशेष महाधिवेशनमा नेताहरुलाई कुसन र प्रतिनिधिलाई कुर्सी

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनका लागि अहिले विभिन्न स्थानबाट र्‍यालीसहित पुग्ने क्रम जारी रहेको छ । पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् । सँगै महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन् ।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार