बिहिवार, आश्विन १५ गते २०८३

७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा

आइतवार , पौष २७, २०८२

काठमाडौं । भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरू भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरेका छन् ।

थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।

भृकुटीमण्डपमा प्रतिनिधि खचाखच देखिएका छन् । महाधिवेशनस्थलको भिड र उत्साहले थापा र शर्मालाई अपार समर्थन देखाएको छ । सोहीअनुसार विशेषको पक्षमा लागेका महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन समारोह महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर उपस्थित भएका छन् ।

त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठ, चन्द्र भण्डारीलगायतको उपस्थित रहेको छ । विभिन्न जिल्लाका सभापति पनि सहभागी भएका छन् ।

विशेष महाधिवेशनमा कांग्रेस सपभाति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता भने सहभागी भएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार