बिहिवार, आश्विन १५ गते २०८३

अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन : गोपालमान श्रेष्ठ

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्रै नहुने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेसले समयअनुसार चल्नुपर्ने बताएका छन् । श्रेष्ठले भने, ‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन ।’ अब राणा शासनविरुद्ध लडेको, पञ्चायविरुद्ध लडेको, २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, राजतन्त्र फालेको भनेर नहुने उनको भनाइ थियो । उनले नयाँ पुस्ता र जनताका आकांक्षा पूरा गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

श्रेष्ठले भने, ‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, जनताका अपेक्षा बदलिएका छन् । पार्टी चल्ने शैली बदल्नुपर्छ, नयाँ युवालाई अगाडि सार्नुपर्छ ।’ उनले राष्ट्रियता नै खतरामा पर्ने अवस्था आएको बताएका छन् । त्यसका लागि दलगत गुटमा लाग्न नहुने उनको भनाइ थियो ।

उनले भने, ‘देशको स्थिति अत्यन्त जटिल छ । अब पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्छ, गुटको त कुरै नगरौँ ।’ ऐतिहासिक विशेष महाधिवेशन भएकाले शुभकामना दिन उपस्थित भएको उनको भनाइ थियो ।

७० वर्षपछि विशेष महाधिवेशन आयोजना गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार