बिहिवार, आश्विन १५ गते २०८३

विशेष महाधिवेशन : ३ बजेसम्म एक हजार ७ सय बढी प्रतिनिधिले गरे हस्ताक्षर

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।

दिउँसो ३ बजेसम्म १७ सय प्रतिनिधिले नाम दर्ता गरिसकेको सचिवालयले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी रहेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका थिए ।

सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार