काठमाडौं। मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।
लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत घिमिरेको पछिल्लो समय मुटु र मिर्गौलाले काम गर्न छोडेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।
बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको र लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसक्दा उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको जनाइएको छ।
उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्। जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार गरीरहेकोे थियो।