बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सोमवार , पौष २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने उल्लेख गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार