विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको तयारी समेत गरिरहँदा संस्थापन पक्षधरले पार्टी विभाजन हुन नदिन भन्दै सहमतिको प्रयास थालेका छन् । सहमतिका लागि सभापति देउवाको हस्ताक्षर कायम नहुने गरी छलफल गर्न सकिने विशेष महाधिवेशन पक्षधरको शर्त छ ।
अर्काेतिर विशेष महाधिवेशनबाट पारित हुने दस्तावेजलाई पार्टीले ग्रहण गर्नुपर्ने र कार्यान्वयनमा लैजानुपर्ने शर्त समेत राखिएको छ । यी शर्तहरूमा संस्थापन पक्ष सकारात्मक भएमा वा सहमति जुटेमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन कार्य नियमित महाधिवेशनसम्म स्थगित गर्ने स्रोतले जनाएको छ ।
संस्थापन पक्षले शर्तहरूमा सहमति नजनाए मंगलबारको बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउने विशेष महाधिवेशन पक्षधरको अडान रहेको छ ।