बिहिवार, आश्विन १५ गते २०८३

सभापति देउवा भेट्न महाराजगञ्ज पुगे संस्थापन पक्षका नेता

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।

पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि बिहान तीन पक्षका नेताहरु संवादमा जुटेका थिए ।

वार्तामा विशेष महाधिवेशन पक्षधरले  विशेष महाधिवेशन आह्वान गर्नुको कारणबारे जानकारी गराउका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार