आइतवार, श्रावण २४ गते २०८३

भारतीय टेलिभिजनका चर्चित कलाकार सिद्धार्थ शुक्ला ४१ वर्षमै अस्ताए

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं। भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। ४१ वर्षिय शुक्लाको हृदयघातका कारण बिहीबार मृत्यु भएको कुपर अस्पताललाई उद्धत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

टेलिसिरियल ‘बाबुलका आंगन छुटे ना’ बाट डेब्यू गरेका शुक्ला टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका थिए। उनलाई पछिल्लो समय टलिसिरियलमा  निकै रुचाइएको थियो। 

उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार