बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरुको कति ?

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । यससँगै मनोनयन दर्ताका लागि शुल्क पनि तोकिएको समितिका संयोजक सीताराम केसीले बताएका छन् । उनका अनुसार, सभापति पदमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तोकिएको छ भने सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको समितिका संयोजक केसीले जानकारी दिएका छन् ।

समितिले आजै अपराह्न २ बजेदेखि मनोनयन दर्ता गर्न सुरु गर्ने जनाएको छ । आजै राति ९ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार