बिहिवार, आश्विन १५ गते २०८३

महाधिवेशन पक्षधर र सभापति देउवा पक्षधरबिच वार्ता सुरु

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ ।

राजधानीको बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो । यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, सो बैठकमा आ–आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । दोस्रो चरणको छलफलमा सहमति जुटाउन प्रयास हुने नेताहरूको भनाइ छ ।

कांग्रेसको देउवा समूहको असहयोगका बिच आइतबारदेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वान विशेष महाधिवेशन भइरहेको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो ।

वार्तामा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार