बिहिवार, आश्विन १५ गते २०८३

देउवा निवास किन पुगे गगन र विश्वप्रकाश ?

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। 

देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो।  देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै आफ्नो निवास महाराजगन्ज बोलाएका हुन्।  देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। 

सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार