बिहिवार, आश्विन १५ गते २०८३

देउवा, गगन र विश्वप्रकाशबीच ठोस सहमति हुन सकेन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ ।

देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए । देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार