बिहिवार, आश्विन १५ गते २०८३

आगामी चुनावका लागि धमाधम टिकट वितरण गर्दै हर्क साम्पाङ

बुधवार , पौष ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री बन्ने घोषणा सहित श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहेका छन् ।

धरानका मेयर साम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् । धरानमा रहेको सम्पर्क सचिवालयबाट उनले प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिएर जिल्ला–जिल्ला पठाइरहेका छन् ।

महासचिव आरेन राईले कोशी (१ नम्बर) र बागमती (३ नम्बर) प्रदेशका जिल्लाहरूमा लगभग धेरै उम्मेदवार टुंगिसकेको बताएका छन् । राईले बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको बताएका छन् । यो पार्टीले देशभरि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारी गरेको छ ।

यी हुन् टिकट पाएका उम्मेदवारहरु 

धनकुटा : सानबहादुर राई,

काठमाडौं–१ : समीर तामाङ

काठमाडौं–७ : मणिराम प्रधान

झापा–१ : केबलराम राई

झापा–२ : केशब भण्डारी

झापा–३ : दीपक तिम्सिना

झापा–४ : अमृता राई

रामेछाम : ढालबहादुर मगर

ताप्लेजुङ : सन्तोष राई

पाँचथर : ब्रबिम शेर्मा

संखुवासभा : उमा राई

उदयपुर–२ : बलराज राई

भोजपुर : ध्रुब राई

मोरङ–१ : शान्ति पाख्रिन

सोलुखम्बु : बियस राई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार