बिहिवार, आश्विन १५ गते २०८३

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा जारी रहेको छ ।

बुधबार बिहान ८ बजे बोलाएको बैठक साढे ६ घण्टा ढिलो गरी सुरु भएको हो । विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि छलफल भइरहेका कारण बैठक ढिलो गरि सुरु भएको जनाएको छ । बैठक सुरु हुनुअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि प्रस्ताव पठाएका थिए । शर्माले पठाएको प्रस्तावमा छलफल हुँदा पनि बैठक बस्न ढिलाइ भएको हो ।

महामन्त्री शर्माले सहमतिका लागि पठाएको आठ बुँदे प्रस्तावमा तीन वटा मान्न सकिने र पाँच वटा मान्न नसकिने संस्थापन पक्षको निष्कर्ष रहेको छ । त्यसकै आधारमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री शर्मालाई जवाफ पठाइसकेका छन् ।

महामन्त्री शर्मालाई जवाफ पठाएसँगै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । आजको बैठकमा कांग्रेसमा देखिएको विवादबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार