काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन् ।
नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ ।’
उनले थपेका छन्, ‘बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ ।’