बिहिवार, आश्विन १५ गते २०८३

विशेष महाधिवेशनमा नारा जुलुस ‘सानेपा खाली गर्, गगन–विश्व आउँदैछन्’

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन भइरहेको भृकुटीमण्डपमा पार्टी मुख्यालय सानेपा खाली गर्न भन्दै नारा गुन्जिएको छ ।

विशेष महाधिवेशन बोलाएका नेता गगन थापा र विश्वप्रकाश शर्मा पक्षका कार्यकर्ताले ‘सानेपा खाली गर, गगन विश्व आउँदैछन्’ भन्दै नारा जुलुस गरिरहेका छन् । शेरबहादुर देउवा पक्षले महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरिसकेका छन् । पार्टीबाट निस्काशन गरेको पत्र सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा पठाइसकेका छन् ।

तर गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनले यसअघिको कार्यसमिति भंग गरिसकेको जानकारी पनि आयोगमा पठाइसकेका छन् । यता पार्टी कार्यालयमा भने शेरबहादुर देउवा पक्षका कार्यकर्ता मंगलबार राति पार्टी कार्यालयमै सुतेका थिए । बुधबार पनि करिव डेढ सय जना कार्यकर्ता पार्टी कार्यलयमै सुत्ने तयारीमा छन् ।

अहिले दुई समूहबीच आधिकारीक कांग्रेस को हो भनेर विवाद सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार