पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो।
योसँगै नेपाली कांग्रेस दुई फ्याक भएको छ। संस्थापन सभापति शेरबहादुर देउवाको पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही भन्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ।
अब कांग्रेसमा दुई पक्षबिच आधिकारिताको कानुनी लडाइँ सुरु हुने देखिएको छ।