आइतवार, श्रावण २४ गते २०८३

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

बिहिवार , माघ १, २०८२

काठमाडौँ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ  ८, सोनियाहीमा  अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब साढे ५ बजेको हो । उनका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँएको थियो । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो । सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार