बिहिवार, आश्विन १५ गते २०८३

नेपाली कांग्रेसको वेबसाइटबाट गगन, विश्व र फरमुल्लाहको नाम हटाइयो

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाइएको छ ।

बिहीबार बिहानै तीनै जनाको नाम वेबसाइटबाट हटाइएको हो । तीनै जनाको नाम रहेको स्थान खाली छोडिएको छ । गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाएको कांग्रेसको वेबसाइट खाली रहेको छ ।

 

यसअघि वेबसाइटमा उपभासपतिको तल महामन्त्रीमा थापा र शर्माको नाम रहेको थियो । त्यस्तै, आठ जना सहमहामन्त्रीको सुरुवातमै मन्सुरको नाम रहेको थियो । अहिले तीनै जनाको नाम र तस्बिर हटाएर महामन्त्री र सहमहामन्त्री मात्रै राखिएको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । कांग्रेसले कारबाही गरेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार