बिहिवार, आश्विन १५ गते २०८३

थापाको नेतृत्वमा घोषणापत्र र शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ ।

विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार