बिहिवार, आश्विन १५ गते २०८३

विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति, सर्वपक्षीय सरकारका लागि संघर्ष गर्ने

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्नेसहितको ४ बुँदे सहमति भएको छ।

आज विप्लव र ढुङ्गानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। यस्तै, जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार